Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

आर्थिक पत्र
बुधवार, बैशाख ३ २०८२
  • काभ्रेपलाञ्चोक। सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ ।

    अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो ।
    स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार