काठमाडौं । यती एअरलाइन्सले ग्राहकहरुलाई थप आकर्षित गर्नका लागि ‘स्वाइप एन्ड टच द स्काइ’ अफर ल्याएको छ ।ग्लोबल आइएमई बैङ्कसँगको सहकार्यमा ल्याइएको यो अफरअन्तर्गत ग्लोबलको डेबिट कार्ड प्रयोग गरी एक हप्तामा कम्तीमा ३ पटक POS टर्मिनलमा कारोबार गर्ने ग्राहकले माउन्टेन फ्लाइटको अवसर पाउनेछन् ।
यस योजनाबाट ३ जना भाग्यशाली जोडीले पुरस्कार स्वरूप हिमाल अवलोकनको अवसर प्राप्त गर्नेछन् ।यस्तै, यती एअरलाइन्सले जनकपुर र काठमाडौंबीचको हवाई सेवामा दैनिक तीनवटा उडान सञ्चालन गर्दै आएको छ ।
यात्रुहरुको सहजताका लागि कम्पनीले बिहान ९:३०, दिउँसो २:३० र साँझ ६:०५ बजे काठमाडौंदेखि जनकपुरका लागि उडान उपलब्ध गराएको छ । जनकपुरबाट काठमाडौं फर्कने उडान क्रमशः बिहान १०:२५, दिउँसो ३:३० र साँझ ७:०५ बजेका लागि तय गरिएको छ ।

