Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा

आर्थिक पत्र
शुक्रवार, बैशाख ५ २०८२
  • बागमती । हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालन भएको छ। उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ। 

    उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ। अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ। विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए। 

    नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुस्खेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार