Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल फाइनान्सले ११ लाख कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने

नेपाल फाइनान्सले ११ लाख कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने

आइतवार, श्रावण १५ २०७९
  • काठमाडौं ।  नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीकौ संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ । कम्पनीले यसअघि असार १७ गतेदेखि  २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।

    तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार