Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा, नयाँ वर्षदेखि लागू हुने

शनिवार, चैत्र २६ २०७८
  • काठमाडौँ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ ।  संघले सरकारले भाडा बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको हो। 

    श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार  सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ। 

    काठमाडौं उपत्यकामा भने ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा पुगेको छ। 

    यसैगरी वाग्मती सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ। प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकेको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ। रात्रिकालीन ट्याक्सीको भाडादर प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ। मालवाहक सवारीको भाडा १३ प्रतिशतले बढाइएको छ। 

    वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ।

    bus-vada.jpg

    bus0vada1.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार