Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जाट बन्यो १०० करोड क्लबमा प्रवेश गर्ने सन्नी देओलको तेस्रो फिल्म

जाट बन्यो १०० करोड क्लबमा प्रवेश गर्ने सन्नी देओलको तेस्रो फिल्म

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • मुम्बई। सन्नी देओलको एक्शन ड्रामा जाटले विश्व बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ ।

    साथै, यो सँगै बक्स अफिसमा यस उपलब्धि हासिल गर्ने अभिनेता देओलको तेस्रो फिल्मसमेत बनेको छ। 

    सुपर डुपर हिट गदरः २ पछि एक सय करोड पार गर्ने सन्नी देओलको यो लगातार दोस्रो चलचित्र हो ।

    गोपीचन्द मल्लिनेनी द्वारा निर्देशित जाटले भारतमा लगभग ८८ करोड र विदेशी बक्स अफिसमा १२ं करोड कमाई गरेपछि ११ औं दिनमा १०० करोड कमाउन सफल भएको हो । यो प्रतिष्ठित बक्स अफिस क्लबमा प्रवेश गर्ने २०२५ को चौथो बलिउड र ११ औं भारतीय चलचित्र पनि हो ।

    मेगा ब्लकबस्टर गदरः२ पछि जाट सन्नी देओलको लागि लगातार दोस्रो सफल फिल्म बन्न पुगेको छ । गदरः २  अघि अभिनेताको गदरः एक प्रेम कथाले विश्वव्यापी बक्स अफिसमा १३२ं करोड (बिना मुद्रास्फीति) को साथ मात्र १०० करोड कमाएको थियो।

    पछिल्लो हिटसँग सन्नीको दोस्रो ठूलो कमाइ हुने मौका छ तर त्यो अपेक्षित परिणाम प्राप्त गर्न आगामी दिनहरूमा यसलाई धेरै राम्रोसँग लय भने समात्न आवश्यक छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार