Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय

कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ ।

    सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको हो । महासंघले आन्दोलन स्थलबाटै हाल शैक्षिक हडतालको समयमा सामुदायिक विद्यालयका सम्पुर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि किसिमको सहयोग नगर्नु नगराउनु तथा सहभागीता नजनाउनु हुन अनुरोध गरेको छ ।

    मंगलबार नै राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गते देखि हुने कक्षा १२ को परीक्षा नियमित संचालन गर्ने र शिक्षकहरुले सहयोग नगरेमा अन्य सरकार कर्मचारीलाई लगाएर परीक्षा संचालन गर्ने निर्णय गरेको थियो । सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा गरेपछि अन्योल बढेका बेला सरकारले शिक्षकहरुको आन्दोलनलाई बेवास्ता गर्दै परीक्षा संचालन गर्ने तयारी गर्न निर्देशन दिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार