Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको केही समय पछि बैशाख २१ गतेसम्मका लागि सारिएको हो । 

    बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भएको जानकारी दिदैँ १० दिन पछि सारिएको हो ।

    बिगत २१ दिन देखी आन्दोलनमा उत्रिएको शिक्षकहरूले परिक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयवाट पछि हटेको हो ।

    शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएको भोलीपल्ट सरकारले बाध्य भएर परिक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार