Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्षविहिन

आर्थिक पत्र
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता विना निष्कर्ष सकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान वार्ता सुरु भएको थियो । 

    images

    वार्तामा सरकारको तर्फबाट नवनियुक्त  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

    बैठकपश्चात अध्यक्ष सुवेदीले पुन: छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलन सँगसँगै जाने बताए ।

    सुवेदीले भने, ‘अहिले नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुको बारेमा शिक्षा मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफल र संवादलाई निरन्तरता दिने निर्णय भयो ।’ दुई पक्षीय सहमतिमा फेरि बैठक बस्छ ।’

    यसैगरी विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारीले सरकारले वार्तामा बोलाएकाले आज मन्त्रालयमा छलफल गर्न आएको बताए। उनले सम्झौता यस अगाडि पनि गरेकाले सरकारसँग सम्झौता नहुने शिक्षा ऐनकै माग गरिएको बताए। उनले विद्यालय शिक्षा विधेयक संसद्मा आएपछि मात्र के गर्ने सोच्ने उल्लेख गरे । उनले भने, ‘शिक्षक र कर्मचारीको सेवा सुविधाका लागि मात्र होइन। शिक्षा सुधारका लागि ऐनको माग गर्दै आन्दोलन जारी राखेका हौं। केहि समयमा निकास दिनेछौं। निकास दिने निकाय शिक्षा मन्त्रालय र सरकार हो।’

    सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका थिए । शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए । 

    यस अघि शुक्रबार शिक्षा मन्त्रालयले आफु खुशी शिक्षकहरुको तर्फबाट वार्तामा बस्ने २५ जनाको नाम सार्बजनिक गरेपछि महासंघसँगको वार्ता भाँडीएको थियो ।  

    गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार