काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आइतबार अपराह्न पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर शर्माले पदभार ग्रहण गरेका हुन् ।
सोक्रममा मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् । ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा पार्टी अध्यक्ष र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ‘मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।’
तर, उनले मन्त्रालयको सीसीटीभी फुटेज विवादबारे भने केही पनि बोलेनन् ।
मन्त्रालयमा उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् ।

