Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रभु इन्स्योरेन्समा विभिन्न पदमा रोजगारीको अवसर

प्रभु इन्स्योरेन्समा विभिन्न पदमा रोजगारीको अवसर

आर्थिक पत्र
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि दुई जना र अफिसर सिनियर अफिसर एएम डीएमका लागि कर्मचारी माग गरेको हो ।

    कम्पनीले केन्द्रीय कार्यालय तथा आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट पदका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

    त्यस्तै, अफिसर, सिनियर अफिसर, एएम वा डीएम पदका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान भएकोलाई प्राथमिकता दिइने जनाएको छ ।

    ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले वैशाख २३ गतेभित्र आवेदन दिन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार