Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि सञ्चालन हुनेः राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि सञ्चालन हुनेः राष्ट्रिय परीक्षा बोर्ड

आर्थिक पत्र
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

    परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासघं आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

    पछिल्लोपटक महासघंसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइट मार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।

    बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचना मार्फत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार