Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

केआइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल

आर्थिक पत्र
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं। भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ।

    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)  विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटना पछि मन्त्रालयले पहल सुरू गरेको हो।

    परराष्ट मन्त्री आरजु राणाले सो घटनाका बारेमा बिस्तृत बुझ्ने काम भइरहेको पनि जनाएको छिन्। ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,’ परराष्ट्र मन्त्री राणाले भनिन्।

    उनले सो घटनामा ज्यान गुमाउने मृतक प्रिसा प्रति श्रद्धञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छिन्। उता, भारतको उडिसा राज्यले पनि सो घटना बारेमा छानबिन गर्ने जनाएको छ।

    भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएको हो।

    बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि उडिसा सरकारले सो आदेश दिएको हो।

    बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको उडिसा सरकारले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार