Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चुलाचुली गाउँपालिकाले घरमै सामाजिक सुरक्षा भत्ता पठाउने

चुलाचुली गाउँपालिकाले घरमै सामाजिक सुरक्षा भत्ता पठाउने

सोमवार, श्रावण १६ २०७९
  • इलाम । चुलाचुली गाउँपालिकाले अब स्थानियको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

    भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेको हो ।

    बर्खाको समयमा चुलाचुलाीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले घेराबन्दीमा गर्ने र कतिपय सो खोलमा पुलसमेत नभएकाले सेवाग्राहीलाई बैंकसम्म नै आएर सामाजिक सुरक्षा भत्ता लिन असहज हुदैँ आएको थियो ।

    गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसुार बैङकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानियले हैरानी ब्योर्होनु परेको र सो हैरानीलाई कम गर्नका लागि सो पालिकाले निर्णय नै गरेर घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खोजिएको हो ।

    जसअनुसार सोही पालिकामा रहेको एनएमबी बैङ्कसँगको सहकार्यमा घर–घरमा नै पुगेर अब देखी सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । जसका लागि पालिकाभित्र रहेका सवै घरहरुको नम्बर व्यवस्थितसमेत गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार