Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमय दर

सोमवार, श्रावण १६ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ११ पैसा ताेकेकाे छ ।

    साेमबारका लागि राष्ट्र बैंकले ताेकेकाे विनिमय दरअनुसार  युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ ।

    यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ०७ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, चाइनिज युआवन एकको खरिदमा १८ रुपैयाँ ७६ पैसा र बिक्रीमा १८ रुपैयाँ ८५ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७५ पैसा र कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९९ पैसा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार