Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितलाइ १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा

नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितलाइ १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा

आर्थिक पत्र
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसंजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित इन्जिनियर राजेन्द्र शाह र सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझि, ठेक्का मुल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी माथी मुद्दा दर्ता गरेको हो ।

    अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्धा दायर गरिएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार