Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

आर्थिक पत्र
सोमवार, बैशाख २२ २०८२
  •  मुम्बई। बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्। 

    यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्। 

    हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ । 

    बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि मागेकी छिन् । जसअनुसार उनले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउने छिन् । यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो।

    तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की भएको छ । 

    रिपोर्टका अनुसार श्रद्धा कपुरले खासमा  ‘स्त्री २’का लागि ५ करोड भारु लिएकी थिइन् । अब श्रद्धा कपुरले आफ्नो पारिश्रमिक एकैपटक १२ करोड बढाएर १७ करोड रुपैयाँ पुर्याएकी हुन् । स्त्री २ पछि यो श्रद्धा कपुरको ठूलो प्रोजेक्ट हो । तपाईलाई बताउ कि श्रद्धा कपूरले स्त्रीः ३ मा पनि काम गर्ने भएकी छिन्। यो हरर कमेडी अगस्ट २०२७ मा रिलिज हुने बताइएको छ।

    श्रद्धा कपुरले आफनो करिअर तीन पत्तीबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी ‘लभ का द एन्ड’ मा देखिएकी थिइन् । उनले आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, उंगली, एबीसीडी २, बागी, ​​फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३, तिमी झुट मै मक्कर जस्ता फिल्म गरिसकेका छिन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार