Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनको कारोबार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनको कारोबार

आर्थिक पत्र
सोमवार, बैशाख २२ २०८२
  • रियो दि जेनेरियो। कोपाकाबाना समुद्र तटमा निः शुल्क लेडी गागा कन्सर्टमा २० लाख भन्दा बढी प्रशंशक जम्मा भएका छन् । सो सहरका अधिकारीका अनुसार भीड नियन्त्रण गर्न प्रहरीलाइ हम्मे हम्मे परेको थियो ।

    पप स्टारको सबैभन्दा ठूलो कन्सर्टको लागि रियोको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने प्रयासमा सहरले उनको भुक्तानी गरेको थियो। स्थानिय सरकारका अनुसार लेडी गागाको कन्सर्टले कोपाबानामा ७५ मिलियन अमेरिकन डलर बराबर कारोबार भएको छ।

    शनिबारको प्रदर्शन लेडी गागाको आठौं एल्बम मेहेमको लागि प्रचार भ्रमणको एक हिस्साको रूपमा थियो । जसमा ुअब्राका डाब्राु र ुडाई विथ ए स्माइलु लगायतका गीतहरू समावेश रहेका छन् ।

    उनले पछिल्लो पटक सन् २०१२ मा ब्राजिलमा प्रदर्शन गरेकी थिइन् । त्यसको १४ बर्ष पछि उनी ब्राजिलमा कन्सर्ट गर्न पुगेकी हुन् ।

    उनका केही फ्यानहरूले गागालाइ ुलिटिल मोन्स्टर्सु भन्दै बिहान सबेरै देखी लाममा बस्न सुरु गरेका थिए । सो समुद्र तटमा पहुँच प्राप्त गर्नका लागि बिहानै देखी लामो लाइन लागेर पर्खिरहेका थिए ।

    सो कन्सर्टको सुरक्षाका लागि ५००० प्रहरी अधिकारीहरू ड्युटीमा खटिएका थिए भने हरेक सहभागी मेटल डिटेक्टरहरूबाट गुज्रनु परेकाले ठूलो सुरक्षा अपरेशन गरिएको थियो। अधिकारीहरूले घटनामा पुलिसलाई मद्दत गर्न ड्रोन र अनुहार पहिचान क्यामेराहरू पनि प्रयोग गरेका थिए ।

    लेडी गागा रियोमा निस्शुल्क कन्सर्ट गर्ने पहिलो गायिका भने होइनन्। म्याडोनाले मे २०२४ मा कोपाकाबाना बिचमा कन्सर्ट गरेकी थिइन्, जसको लागि पनि सो सहरले पहिला नै म्याडोनालाइ पैसा तिरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार