Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर पुनः लिलामीमा बिक्री खुला

नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर पुनः लिलामीमा बिक्री खुला

सोमवार, श्रावण १६ २०७९
  • काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८७३ कित्ता संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ । 

    कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । 

    उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले २२ साउनसम्म एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेस गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार