Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

आर्थिक पत्र
सोमवार, बैशाख २९ २०८२
  • मुगु। मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ।

    स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ। तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो।

    मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरु रातारात जाने गरेको समेत बताएका छन्।

    राता रात गरेर संकलकहरु बन प्रबेश गरेको सुचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ।

    विगतमा पहिले बन प्रबेश रसिद काटेर जेठ १० गते पालिका भित्र रहेका संकलन क्षेत्रमा अनुमति दिने गरिन्थ्यो तर यस बर्ष प्रवेशको समय अघि नै संकलकहरुको भीड लागेको हो।

    यार्सा संकलकहरुबाछ गत बर्ष ७१ लाख राजश्व संकलन भएको थियो। यस बर्ष विगतको भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिइएको पालिका अध्यष छिरिङ लामाले बताए। विगतका वर्ष भन्दा पछिल्ला बर्षहरुमा यार्सागुम्बा निकै कम पाइने गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार