Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘ऊनको स्वीटर’को पहिलो साताको कमाई कति ?

‘ऊनको स्वीटर’को पहिलो साताको कमाई कति ?

आर्थिक पत्र
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.लीले जानकारी दियो ।

    सरकारी बक्स अफिसमा फिल्मको कलेक्सन कति छ भनेर अहिले सार्वजनिक गरिएको छैन । यसअघि पनि निर्माता र बक्सअफिस रिपोट नमिलेको कारण फरक देखिने अनुमान गर्न सकिन्छ ।नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल अभिनय छ ।

    पहिलो साता उपत्यकाको हलहरु भ्रमण गरेको फिल्म युनिट दोस्रो साता भने उपत्यका बाहिरको भ्रमणमा निस्किने भएको  । दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्ने कार्यक्रम छ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुने बताइन्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार