Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हेल्थी च्वाइस अस्पतालको अफर : एससीटी-युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट

हेल्थी च्वाइस अस्पतालको अफर : एससीटी-युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट

आर्थिक पत्र
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र विगत ८ वर्षदेखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ ।

    एससीटी-युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपि डि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, मीफ्युर्फ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनु हुनेछ ।

    एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ६ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १००ं सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी–युपिआइ कार्ड लिएका ग्राहकलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ ।

    एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्ने कम्पीनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार