Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

बिहिवार, श्रावण १९ २०७९
  • काठमाडौँ ।  सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले  निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप उनीमाथि यसअघि संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।त्यसपछि उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै  छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो । समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर पुनः काममा फर्किएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार