Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सरकारले गर्‍यो सचिवहरूको सरुवा, अर्थका मरासिनी प्रधानमन्त्री कार्यालय तानिए

सरकारले गर्‍यो सचिवहरूको सरुवा, अर्थका मरासिनी प्रधानमन्त्री कार्यालय तानिए

बिहिवार, श्रावण १९ २०७९
  • काठमाडौं । अर्थ सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

    आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि उनी बिदामा बसेका थिए । शर्माले राजीनामा दिएपछि पुनः उनी काममा फर्के तर, शर्मा नै दोस्रोपटक अर्थमन्त्रीमा दोहोरिएपछि भने उनी बिदामा बसे, स्वागतका लागि मन्त्रालय पनि गएनन् । 

    साथै मन्त्रिपरिषद बैठकले अन्य सचिवहरुको पनि सरुवा गरेको छ । महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ । 

    साथै राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्लेलाई भने लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार