Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

परेश रावलले फिर्ता गरे हेराफेरीः३ को ‘साइनिङ अमाउन्ट’

परेश रावलले फिर्ता गरे हेराफेरीः३ को ‘साइनिङ अमाउन्ट’

आर्थिक पत्र
आइतवार, जेठ ११ २०८२
  • मुम्बई । हेराफेरीमा बाबु भैयाको भूमिकामा परेश रावलले वर्षौंसम्म दर्शकको मनोरञ्जन प्रदान गरिरहेका थिए तर अब उनी यसको तेस्रो फ्रेन्चाइजीमा भने हुने छैनन् ।

    परेश रावलले हेराफेरीः३ बाट बाहिरिएर बाबुभैयाका फ्यानहरुलाई निराश बनाएका छन् । बलिउडका उत्कृष्ट तीनको ब्रेकअपपछि यो विवादमा नयाँ अपडेट आएको छ ।

    तपाईलाई थाहा छ, हेराफेरी फ्रेन्चाइजको तेस्रो फिल्म १९ वर्षपछि बन्न लागेको थियो । जसलाई अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा बनाउन लागेका थिए, जसका लागि  सुनिल शेट्टी र परेश रावलले पनि सहमति जनाएका थिए । तर, सो फिल्म घोषणाको भिडियो खिच्न नपाउँदै परेश रावलले एक्कासी फिल्म छाडेर सबैलाई आश्चर्यचकित बनाएका थिए । 

    परेश रावलले बाबु भैयाका लागि अभिनय गर्ने भनेर साइनिङ रकम लिएर पनि अन्तिममा फिल्म छाडेपछि निर्माण कम्पनीले उनलाई २५ करोड भारु मुद्दा दायर गरेको खबर आएको थियो । अब भने परेशले अक्षयकुमारलाई ‘साइनिङ रकम’ फिर्ता गरेको नयाँ रिपोर्टमा उल्लेख छ ।

    बलिउड हगामाका अनुसार हेराफेरीः ३ का लागि परेश रावलले १५ करोड भारु पाउने थिए, जस अनुसार उनले ११ लाख रुपैयाँ भारू ‘साइनिङ अमाउन्ट’ को रूपमा भुक्तानीसमेत लिइसकेका थिए, साथै १५ प्रतिशत ब्याज पनि दिइएको थियो । 

    सम्झौता अनुसार फिल्म रिलिजपछि उनले थप १४ करोड ८९ लाख रुपैयाँ पाउने गरी सहमति भएको थियो। तर, अहिले समाचार अनुसार परेश रावलको यही बिषयमा आपत्ति रहेको दाबी गरिएको छ । हेराफेरीः३ फिल्म सन २०२६ को अन्तिम वा २०२७ को सुरूमा रिलिज हुने गरी सुटिङको तयारी गरिदैँ थियो, यस्तो अवस्थामा आफ्नो पारिश्रमिक २ वर्ष रोकिन गएकोमा परेश रावल खुसी थिएनन् । यही कारणले उनी सो फिल्ममा जान राजी भएनन । 

    तर, पछिल्लो यो बिषयका बारेमा परेश रावल वा निर्माताहरूबाट कुनै अपडेट गरिएको छैन्।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार