काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।
तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले गिरावट आएर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

