Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अर्थ मन्त्रालयमा सचिवहरुको भागाभाग छ -प्रदीप ज्ञवाली

अर्थ मन्त्रालयमा सचिवहरुको भागाभाग छ -प्रदीप ज्ञवाली

आइतवार, श्रावण २२ २०७९
  • काठमाडौं । एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ । 

    ‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे । तर, अहिले सचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ,’ ज्ञवालीले भने । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार