काठमाडौं । ईओएल प्रालिको केन्ट उत्पादनहरूका लागि नेपालकाे आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले नयाँ वर्षलाई लक्षित गरी आकर्षक ग्राहक योजना ल्याएको छ ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७९लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आर.ओ.सँग ढुक्क छ जिन्दगानी”भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा ग्राहकहरुले रु. ३ लाखको दुर्घटना बीमा पाउनेछन् ।
यो ग्राहक योजना चैत्र २५ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।
अहिलेको समयमा पानीजन्य रोगहरूले संक्रमणबाट बच्न सफा पिउने पानीे आवश्यकता अपरिहार्य रहेको र त्यसका लागि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको प्रयोग उत्तम हुने कम्पनिले जनाएको छ । साथै केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा सर्वत्र उपलब्ध छन् ।

