काठमाडौं। बोर्ड अफ एयरलाइएन्स रेप्रेरजेन्टेटिभ्स नेपाल (बार्न)को अध्यक्षमा नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर जनक कालाखेती नियुक्त भएका छन् । संघको २८औं वार्षिक साधारण सभाले दुई वर्षे कार्यकालका लागि कालाखेतीलाई अध्यक्षमा नियुक्त गरेको हो।
कालाखेतीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा प्रेसिडेन्ट ट्राभलका संचालक भोला थापा उपाध्यक्ष, द्वितीय उपाध्यक्षमा सन्तनु सेन, टर्कीस् एयरलाइन्सका महाप्रवन्धक अब्दुल्लाह टन्सर केचिची, फ्लाइ दुबाईका नवराज शाही छन्।
साथै बार्न सचिवालयबाट प्राप्त मनोनयन र पूर्ण सदस्यहरूको स्वीकृतिको आधारमा सारिक बोगटी (कतार एयरवेज) महासचिव र नवराज शाही (महासचिव) घोषित भएका छन् । फ्लाई दुबई) कोषाध्यक्षको रूपमा सभाले प्रिति सावन्त (एयर इण्डिया), अब्दुल्ला टुन्सर केसेसी (टर्किस एयरलाइन्स), अनिल विजयन (एयर अरेबिया), जुनु मालेकु (क्याथे प्यासिफिक) र विनोद सापकोटा (सलाम एयर)लाई पनि नियुक्त गरेको छ। बार्नका कार्यकारी समिति सदस्यहरूमा रमेश लामिछाने (इमिरेट्स) र अमित नागरथलाई कार्यकारिणी समितिको अतिरिक्त अध्यक्षमा मनोनयन गरिएको छ । सभाले आशिष के. सेनगुप्तालाई बोर्डको विशेष सल्लाहकारमा नियुक्त गरेको छ ।
संघले हाल संचालनको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि विभिन्न विदेशी वायुसेवा कम्पनीसँग संयोजकको भुमिका निर्वाह गर्ने जनाएको छ। बार्न नेपालमा हवाई सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको छाता संगठन हो। यो गैरनाफामुलक संस्थाले विभिन्न मुलुकको वायुसेवा कम्पनी र यात्रुको हितमा काम गर्दै आएको छ।

