Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गौर नगरसभावाट ६१ करोडको बजेट पारित

गौर नगरसभावाट ६१ करोडको बजेट पारित

आर्थिक पत्र
बुधवार, आषाढ ११ २०८२
  • रौतहट ।गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ ।

    नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए।

    नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहितका गौर नगरलाई समुन्नत बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्दश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको मेयर साहले न्युज कारखानालाई बताए।

    सोमवार सम्पन्न नगर अधिवेशनमा उपमेयर शैल देवी,प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्वर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका वोर्ड सदस्यहरु, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरु, संचारकर्मीहरुको साथ उल्लेख संख्यामा अनुपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार