Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा औपचारिक रुपमा शल्यक्रिया सेवा सुरु

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा औपचारिक रुपमा शल्यक्रिया सेवा सुरु

आर्थिक पत्र
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः विराटनगर पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा  शल्यक्रिया सेवा सुरु भएको छ । 

    मोरङको गोठगाउँमा सञ्चालन हुँदै आएको शिक्षण अस्पतालमा मंगलबार देखि औपचारिक रुपमा शल्यक्रिया सेवा सुरु गरिएको हो । 

    नव–निर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापना पश्चात शल्यक्रिया सेवा सुरु गरिएको हो।

    अस्पतालमा पहिलो पटक मंगलबार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल शल्यक्रिया सम्पन्न गरिएको छ। उक्त शल्यक्रिया हाडजोर्नी विशेषज्ञ तथा उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको हो ।

    हाडजोर्नी सर्जन तथा उप–प्राध्यापक डा. धीरज सिंह र एनिस्थेसियोलोजिस्ट डा. विकास अधिकारी सहितको चिकित्सक टोलीले सफलतापूर्वक पहिलो शल्यक्रिया सफल गर्नुभएको हो। 

    अस्पताल परिसरमा आयोजित उद्घाटन कार्यक्रमका  डीन डा.शैलेश मणि पोखरेलले अस्पतालको सेवा विस्तारसँगै स्वास्थ्य क्षेत्रमा गुणस्तरीय शिक्षा र उपचार दिन सकिएको बताउनुभयो । 

    उहाँले शिक्षण अस्पतालले अब देखि नियमित रूपमा शल्यक्रिया सेवा प्रदान गर्ने पनि बताउनुभयो । 

    उहाँले गोठगाँउमा शल्यक्रिया समेत सुचारु भएपछि मोरङ लगायत आसपासका जिल्लाका सर्वसाधारणले समयमै गुणस्तरीय उपचार सेवा पाउने विश्वास व्यक्त गरिएको छ ।र्यक्रममा अस्पतालका निर्देशक, चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार