Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हेर्नुहाेस्, आजको विदेशी मुद्राको विनिमयदर

हेर्नुहाेस्, आजको विदेशी मुद्राको विनिमयदर

मंगलवार, श्रावण २४ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ ।

    मंगलबार एक अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिद १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ । 

    अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा र सिङ्गापुरे डलर एकको खरिदमुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा रहेकोमा आज क्रमशः खरिदमा ८८ रुपैयाँ ६६ पैसा र ८९ रुपैयाँ ०८ पैसा र खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६६ पैसा छ । त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८१ पैसा र बिक्रीमा १८ रुपैयाँ ९० पैसा रहेको छ । 

    साउदी अरेवियन रियाल र कतारी रियालसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा ३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८२ पैसा रहेको साउदी रियाललाई आज एकको खरिदमूल्य ३३ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ रहेको छ भने खरिदमूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा रहेको छ । 

    यसैगरी, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेकोमा आज बढेर एकको खरिदमा २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९ रुपैयाँ ८० पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ २० पैसा र बिक्रीमा १६ रुपैयाँ २८ पैसा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार