Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आजको तरकारी तथा फलफूलको भाउ

यस्ताे छ आजको तरकारी तथा फलफूलको भाउ

मंगलवार, श्रावण २४ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।

    अनार २९० रुपैयाँ, अमला १२५ रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ, किवि ६२५ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ र अकबरे खुर्सानी १८० रुपैयाँ रहेको छ । 

    तराई गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो गोलभेडा ६० रुपैयाँ, ठूलो भारतीय गोलेभडा ६५ रुपैयाँ, टनेल गोलभेडा ४५ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा ३७ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ र डल्ले च्याउ ३७५ रुपैयाँ रहेको छ ।

    झिगूनीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २७५ रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, न्यूरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ । 

    त्यस्तै, परवरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ, भेडे खुर्सानी ९६ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, लप्सी ६६  रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, लौका ४५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार