काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको कार्यक्रममा सबैभन्दा बढी व्यापार गर्ने फिल्महरुको सूची सार्वजनिक गरेको छ ।
यो सूचीमा दीपक–दीपाको टिमको वर्चस्व रहेको छ । उनीहरुका ६ फिल्म यो सूचीमा परेका छन् । ‘छक्का पञ्जा’का पाँचैवटा सिरिज र ‘छ माया छपक्कै’ यो सूचीमा परेका हुन् ।
दीपक–दीपाको टिमले बनाएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘छक्का पञ्जा ४’ हो । यसले १७ करोड ५३ ग्रस कलेक्सन गरेको छ ।

