Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

छ महिनामा भित्रिय साढे पाँच लाखभन्दा धेरै विदेशी पर्यटक,सबैभन्दा धेरै भारतीय

छ महिनामा भित्रिय साढे पाँच लाखभन्दा धेरै विदेशी पर्यटक,सबैभन्दा धेरै भारतीय

आर्थिक पत्र
बिहिवार, आषाढ १९ २०८२
  • सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् ।सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै एक लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् ।यसैगरी, ६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ५२ हजार ५१४ चीनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायति पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

    यस अवधिमा अस्ट्रेलीयाबाट २२ हजार ९५, थाइलान्डबाट १७ हजार ६३४, श्रीलंकाबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरीयाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार