Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

६ महिनामा मुस्ताङ माउन्टेन होमले गर्‍यो ७ करोडको व्यापार

६ महिनामा मुस्ताङ माउन्टेन होमले गर्‍यो ७ करोडको व्यापार

आर्थिक पत्र
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । यति एयरलायन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाको लगानीमा रहेको मुस्ताङ माउन्टेन होम लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ७ करोड बढीको व्यापार गरेको छ ।रिसोर्टले सन् २०२५ को ६ महिनाको अवधिमा ७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

    रिसोर्टले सन् २०२४ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा स्थापना भएको रिसोर्ट सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो ।

    मुस्ताङ जिल्लाको मार्फामा रहेको लक्जरियस रिसोर्ट ३५ हजार १ सय ३ स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा २९ वटा सुएट रुम कोठाको सुविधा छ । रिसोर्ट सन् २०२३ को डिसेम्बरबाट शिन्तामनी मुस्ताङ नाममा सञ्चालनमा आएको थियो ।

    विभिन्न सुविधासहित निर्माण सम्पन्न भएको रिसोर्टमा १ अर्ब १६ करोड ८० लाख रुपैयाँ लगानी भएको छ । कम्पनीले ब्यांककको ब्रान्ड शिन्तामनीसँग होटल म्यानेजमेन्ट एग्रीमेन्ट गरेर नेपालमा फ्रनचाइज भित्र्याइएको हो । उक्त अन्तर्राष्ट्रिय ब्रान्ड शिन्तामनीले नेपालसहित अन्य विभिन्न देशमा पनि सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार