Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिविमा विभिन्न समूहले लगाएको ताला खुल्यो,पदाधिकारीलाई विद्यालयमा प्रवेश निषेध

त्रिविमा विभिन्न समूहले लगाएको ताला खुल्यो,पदाधिकारीलाई विद्यालयमा प्रवेश निषेध

आर्थिक पत्र
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खुलेको छ। सर्वोच्च अदालतको आदेशपछि विभिन्न समूहको नाममा लगाएको ताला सम्बन्धी समूहले नै खोलेका हुन् ।

    फास्ट ट्र्याक मार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना खोल्नुपर्ने लगायतका मागहरू राखेर आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा ताला लगाएका थिए । उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार कार्यालय तथा त्रिवि सेवा आयोगको कार्यालयमा ताला लगाएका थिए । सर्वोच्चले तत्काल ताला खोल्नु र खोलाउन वा नलगाउनु भन्ने आदेश जारी गरेको थियो। 

    सोही अनुसार आंशिक प्राध्यापक सङ्घर्ष समितिले तालाबन्दी खोलेको थियो। त्यसपछि नेविसंघले समेत तालाबन्दी खोलेको थियो भने आज अखिल क्रान्तिकारीले ताला खोलेको हो । ताला खोलेसँगै क्रान्तिकारीले उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई विश्वविद्यालयमा प्रवेश निषेध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार