Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

समितिबाट आजपनि पारित भएन विद्यालय शिक्षा विधेयक

समितिबाट आजपनि पारित भएन विद्यालय शिक्षा विधेयक

आर्थिक पत्र
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकपनि विद्यालय शिक्षा विधेयकमा सहमति नगरी सकिएको छ ।

    आइतबार शुरु भएको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले अझै सरोकारवालाहरुसँग केहि विषयमा सहमति जुटाउन बाँकी रहेकोले केहि समय आवश्यक रहेको धारणा राखेपछि समितिको बैठक कुनै निर्णय बिना सकिएको छ ।

    बैठकमा समितिका सभापति अम्मर बहादुर थापाले सरकारले समितिलाई खेलौना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले अब बस्ने समितिको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्दै तयारी गरेर आउन मन्त्री पन्तलाई आग्रह गरेका थिए ।  

    मन्त्री पन्तले अझै केहि समय मागेपछि विद्यालय शिक्षा विधेयक समितिबाट पारित हुने विषयमा अन्योलता बढेको छ । मन्त्री पन्तको प्रस्तावपछि सांसदहरुले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

    यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

    सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार