Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

सोमवार, चैत्र २८ २०७८
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७८  पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५७ रुपैयाँ ८८ पैसा र बिक्री दर १५८ रुपैयाँ ६६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७७ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८५  पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ  ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ तिन पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३० पैसा र बिक्री दर ३२ रुपैयाँ ४६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ  ९० पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार