Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

चाडपर्व मनाउन ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

चाडपर्व मनाउन ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

बुधवार, श्रावण २५ २०७९
  • ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार रुपैयाँ भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले भत्ता दिने भएको हो।

    images

    उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई ध्यान दिई प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। ‘यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ। उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौं’, उनले भने। 

    महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराए। ललितपुर महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेको बताइएको छ।

    यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उनीहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घरघरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाए। 

    महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ।

    ‘महानगरपालिकामा कूल ८१ हजार घर सङ्ख्या छन्। यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ। प्लेट जडान सम्पन्न भएसँगै हामीले जीपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ’, उनले थपे, ‘यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौं।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार