काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरिएको हो । जहाँ हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् । “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ ।
यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । एपमा क्लिक गर्ने वित्तिकै तपाईंले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सकिनेछ ।
भेटायो एप किन प्रयोग गर्ने ?
- उचित र पारदर्शी मूल्य प्राप्त गर्न
- अनुभवी सेवा प्रदायकहरू छनोट गर्न
- सेवामा ३० दिनको ग्यारेन्टी पाउन
- विविध प्रकारका सेवाहरु सजिलै पाउन
कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने ?
दर्ता
हाम्रो एप डाउनलोड गर्नुहोस् र आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुहोस् । जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग९इन गर्न सक्नुहुनेछ ।
सेवा लिन
एकचोटि तपाईंले दर्ता गरिसकेपछि, तपाईंले खोजिरहनु भएको कुनै पनि आवश्यक सेवा खोज्नुहोस् र आफ्नो सेवा प्रदायकको मूल्याङ्कन र विगतका ग्राहक विवरणहरू हेरेर छनौट गर्नुहोस् ।
निश्चितता
तपाईंको सुविधा अनुसार समय तालिका मिलाएर बुक गर्नुहोस् । सेवा प्रदायक सो अनुसार तपाईंको स्थानमा आइपुग्ने छन्।
छोटो समयमै, भेटायो ले आफ्नो सञ्चालनको पहिलो महिनामा १००० भन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ ।
भेटायोले घरेलु समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न सेवाहरुद्वारा बजारमा परिवर्तन ल्याउने सोच बनाएको छ । परम्परागत र अव्यवसायिक दृष्टिकोणका कारण ग्राहकहरूको लागि सजिलो सेवा प्रायः चिन्ताको विषय बनेको छ । कार्यविधिलाई पालना नगरेको, सेवामा ढिलाई, समय तालिका व्यस्तता वा मूल्य एकरुपता नभएको आदि समस्याले गर्दा विभिन्न समस्या आइरहेका छन् तथा प्रयोग हुने सामग्रीहरू, तिनीहरूको गुणस्तर र लागत सहितका कुरा ग्राहकहरूलाई सामान्यतया जानकारी गराउदैनन् र मूल्यमा एकरुपतामा नहुने हुन्छ । भेटायोले यी चुनौतिहरू बारे सचेत गराउनका लागि र ग्राहकहरूलाई उनीहरूको सेवामा ग्यारेन्टी सहित पारदर्शी रुपमा समयमै सेवाहरू उपलब्ध गराउनका लागि प्रतिबद्ध रहेको छ।

