Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गृहले भन्यो- भदौ ५ भित्र देशभरकै मिटरब्याजी पीडितले उजुरी दर्ता गर्नू

गृहले भन्यो- भदौ ५ भित्र देशभरकै मिटरब्याजी पीडितले उजुरी दर्ता गर्नू

शनिवार, श्रावण २८ २०७९
  • काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता गर्न अनुरोध गरेको छ। 

    मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ-आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। 

    शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णय गरी यस अपराधलाई नियन्त्रण गर्न सक्ने उपायहरू सिफारिस गर्न डा. भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल बनेको थियो। 

    नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ । 

    सूचना-Avatar

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार