काठमाडौं । सानिमा बैंकले केही कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। बैंकले प्रधान कार्यालयको लागि सिनियर अफिसरदेखि सुपरभाइजरसम्म कर्मचारी माग गरेको हो।
सुपरीवेक्षक तहको लागि इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण हुनुका साथै सेमी क्वालिफाइड सिए/एसिसिए उत्तीर्ण भएको हुनु पर्नेछ।
सनियर अफिसरको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातकोत्तर तह र सहायक अधिकारी, अधिकारी र वरिष्ठ अधिकारीस्तरको लागि सिए तह उत्तीर्ण भएको हुनु पर्नेछ।
सुपरीवेक्षक, सहायक अधिकृत, अधिकृत र वरिष्ठ अधिकृत तहमा आवेदन दिनको लागि बैंकिङ लेखापरीक्षणमा कम्तीमा एक, दुई, तीन र चार वर्षको अनुभव भएको हुनु पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
उमेर हद ४० वर्ष तोकिनुका साथै साउन २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

