Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

५५ करोड लागतमा बन्यो गोरखामा एनपीआई अस्पताल, १ भदौदेखि सञ्चालनमा आउने

५५ करोड लागतमा बन्यो गोरखामा एनपीआई अस्पताल, १ भदौदेखि सञ्चालनमा आउने

आर्थिक पत्र
सोमवार, श्रावण १९ २०८२
  •  गोरखा । गोरखामा ५५ करोड लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ ।एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि सञ्चालनमा आउने भएको छ ।गोरखा सदरमुकाममा निर्माण भएको सुविधा सम्पन्न एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक समितिले यस्तो जानकारी गराएको हो ।

    गण्डकी प्रदेश सरकारबाट स्वीकृति समेत प्राप्त भइसकेको सञ्चालक समिति अध्यक्ष लेखराज पन्तले बताए ।एक सय शय्यको अस्पतालले स्त्री रोग, नशा तथा हाडजोर्नी, बाल रोग, शल्यक्रिया, रेडियोलोजिस्ट, एनेस्थेसिया, मेडिसिन (पेट, मुटु, छाती, प्रेसर, सुगर, दम र थाइरोइड) लगायत विशेषज्ञ सेवा दिने उनले जानकारी दिए ।इन्डोस्कोपी र सिटी स्क्यान सेवा पनि अस्पतालले दिने उनको भनाइ छ ।सेवा शुभारम्भको पहिलो दिन ओपीडी सेवा निःशुल्क रहने अस्पतालले जनाएको छ । बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट हुने अस्पतालका प्रबन्ध सञ्चालक पुष्पराज शर्माले बताए ।‘दोस्रो र तेस्रो दिन ओपीडीमा ५० प्रतिशत र अरू सेवा शुल्कमा २५ प्रतिशत छुट दिन्छौ,’ उनले भने, ‘चौथो दिनबाट भने हाम्रो दररेट अनुसार शुल्क लिन्छौं ।’

    सात तले उक्त भवन निर्माणको काम २०७७ सालदेखि सुरु भएको थियो । आवश्यक उपकरणसहित भवन निर्माणका लागि कुल ५४ करोड ७५ लाख खर्च भएको अस्पतालले जनाएको छ ।गोरखासँगै तनहुँ, लमजुङ, धादिङ लगायतका स्थानीयलाई सुलभ शुल्कमा विशेषज्ञ सेवा उपलब्ध गराउने उदेश्य सहित अस्पताल सञ्चालन गर्न लागिएको शर्माको भनाइ छ ।उनका अनुसार अस्पतालमा गोरखाका ३५ र चितवनका ५९ गरी कुल ९४ जना शेयर सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार