Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

यस्ताे छ आज बजारमा फलफूल र तरकारीको मूल्य

यस्ताे छ आज बजारमा फलफूल र तरकारीको मूल्य

सोमवार, श्रावण ३० २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो सेतो मूलाको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ । समितिका अनुसार सबैभन्दा महङ्गो किवीको मूल्य प्रतिकेजी ६२५ रुपैयाँ छ । 

    images

    त्यस्तै, प्रतिकेजी ५५० रुपैयाँ पुगेको कुरीलोको भाउ घटेर आज प्रतिकेजी ३८० रुपैयाँ पुगेको छ । अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, आलु ५९ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ९६ रुपैयाँ, कागती २३८ रुपैयाँ छ । 

    यसैगरी, अकबरे हरियो खुर्सानीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, टनेल सानो गोलभेडा ३५ रुपैयाँ ४० पैसा, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ छ । 

    रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग र तितो करेला ४५ रुपैयाँ, निउरो ११६ रुपैयाँ ६७ पैसा, परवर ५७ रुपैयाँ, सुकेको प्याज ३६ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ र ब्रोकाउली २३३ रुपैयाँ ३३ पैसा, भाटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ३५ रुपैयाँ, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ, रायोको साग १७५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ४२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार