Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

मंगलवार, श्रावण ३१ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    सोमबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार