Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्यो नेको इन्स्युरेन्सको नाफा

बढ्यो नेको इन्स्युरेन्सको नाफा

मंगलवार, श्रावण ३१ २०७९
  • काठमाडौं । नेको इन्स्युरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड एक लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो । 

    अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ थियो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । यस इन्स्युरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म एक अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

    नेकोको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा एक अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । वित्तीय विवरणअनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार