Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

आर्थिक पत्र
सोमवार, भाद्र १६ २०८२
  • काठमाडाैं। नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले  डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

    निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ। पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

    भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

    यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ। हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँमा डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार