Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रभु क्यापिटलको हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलको हितग्राही ग्राहकका लागि विशेष अफर

बुधवार, भाद्र १ २०७९
  • काठमाडाैँ । प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफरहरू ल्याएको छ । 

    मंगलबार क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा सम्झौता भएको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउन या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभुक्याप१०’ उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ । 

    यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तरगत रोड हाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्ने जनाएको छ । 

    हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार