Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः २० प्रतिशतसम्म छुट, क्यास ब्याक पनि

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः २० प्रतिशतसम्म छुट, क्यास ब्याक पनि

मंगलवार, चैत्र २९ २०७८
  • काठमाडौँ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९को अवसरमा विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म आकर्षक छुट योजना सार्वजनिक गरेको छ । 

    यस आकर्षक योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापूबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । 

    त्यसैगरी सिजी एलजीबाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी बैंकका ग्राहकहरूले पिओएस तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ । 

    देशमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भिसमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।  

    साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआइसी एसिया मोबैंकमार्फत २०७८ चैत ३० का दिन क्युआर भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा १०० रुपैयाँ नगद फिर्ता गर्ने योजना ल्याएको छ।

    एक जना ग्राहकले अधिकतम ३ वटासम्म कारोबार गर्दा नगद फिर्ताको लाभ प्राप्त गर्ने छन्। त्यही दिन क्युआर भुक्तानी गर्ने र क्युआर भुक्तानी लिने १०/१० जना भाग्यशाली ग्राहक र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र त्यस क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर पनि प्रदान गरिने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार